जेम्स म्याकएटीको ह्याट्रिकमा सिटी विजयी

काठमाडौं । जेम्स म्याकएटीको सानदार प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले एफए कपमा सानदार हासिल गरेको छ।
घरेलु मैदान इतिहाद रंगशालामा शनिबार राति भएको खेलमा सिटीले चौथो डिभिजनको साल्फोर्ड एफसीलाई ८–० ले पराजित गरेको हो।
खेलको आठौं मिनेटमा डोकुको गोलमार्फत सिटीले अग्रता लिएको थियो। २०औं मिनेटमा मोबासले टोलीको अग्रता दोब्बर बनाए।
ओ राइलीले ४३औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। ४९औं मिनेटमा ग्रेलिसले पेनाल्टीमार्फत गोल गरेपछि सिटी ४–० को अबस्थामा पुग्यो।
म्याकएटीले ६२औं मिनेटमा गोल गर्दा सिटी ५–० ले अगाडि बढ्यो। सात मिनेटपछि नै डोकुले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे।
म्यनकएटीले ७२ र ८१औं मिनेटमा गोल गर्दै आफ्ना ह्याट्रिक पूरा गरे।
जितसँगै सिटीले चौथो चरणमा स्थान सुरक्षित गरेको छ। शनिबारै सम्पन्न खेलमा जित निकाल्दै कोभन्ट्री, लिड्स युनाइटेड, स्टोक सिटी, एक्सटर सिटी र बर्नेलीले पनि चौथो चरणको यात्रा तय गरे।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |