← समाचारमा फर्कनुस्
Football Dec 03, 2025 · Swadesh

सिटीको जितमा हालान्डको सर्यौं गोल

सिटीको जितमा हालान्डको सर्यौं गोल

इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा गरेको सर्यौ गोलको मदतले म्यानचेस्टर सिटीले मंगलबार फुलहमलाई नाटकीय रूपमा ५–४ को जित हात पारेको छ । उनी प्रिमियर लिगमा सबैभन्दा चाँडै सय गोल गर्ने खेलाडी पनि बने ।


उनले सिटीका लागि १ सय ११ खेलमा सय गोल गरेका हुन् । हालान्डले न्युकासलका एलान सिएररको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । सिएररले १ सय २४ खेलमा सय गोल गरेका थिए ।


यता कार्भेन कटेजमा भएको खेलमा सिटीका लागि फल फोडेनले दुई गोल गरे । यो जितछि सिटीको १४ खेलबाट २८ अंक भएको छ र शीर्षमा रहेको आर्सनलसँग दुई अंकले मात्र पछाडि रह्यो ।  


अन्य खेलमा एभरटनले बर्नमाउथलाई १–० ले पराजित गर्‍यो भने न्युकासल युनाइटेड र टोटनहमले २–२ को रोमाञ्चक बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →