← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

सिटीको ब्युँझिने प्रयास

सिटीको ब्युँझिने प्रयास

(अब चर्चा गर्ने पालो, म्यानचेस्टर सिटीको । इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमको विश्लेषण गर्ने क्रममा यो शृंखलाको १३ औं स्टोरी ।)


इंग्लिस प्रिमियर लिग लगातार चार पल्ट जितेर म्यानचेस्टर सिटीले अभुतपूर्व सफलता हात पारेको थियो । त्यसको एक सिजनपछि नै उसलाई च्याम्पियनबाट तेस्रो स्थानमा झार्ने काम गरेको थियो, लिभरपुलले । सिटीका लागि पछिल्लो सिजन साँच्चै खराव रह्यो, उसले कुनै पनि उपाधि जित्न सकेन् ।


यस्तोमा प्रशिक्षक पेप ग्वार्डिओलाले लगभग टिमलाई पुर्नसंरचनामा लगेका छन् र क्लबको एउटै लक्ष्य हुनेछ, ब्युँझिने । यो के अर्थमा भन्दा सिटी फेरि एकपल्ट राम्रो खेल्न चाहन्छ र राम्रो खेलेर धेरे जित्न चाहन्छ । त्यसैले सिटीले अबको सिजनका लागि भनेर ३० करोड पाउन्ड भन्दा बढि खर्चिसकेको छ ।


टिमका मुख्य खेलाडी फेरि एकपल्ट पेड्रि हुनेछन् र संयोग कस्तो भने उनी अझै चोटबाट पूर्णतः निको हुन सकेका छैनन् । केभिन डे ब्रुएनाले सिटी छाडेयता रायन चेरकी, फिल फोडेन, जेरमेी डोकु र सिभिन्होले क्लबका लागि महत्त्वपूर्ण योगदान दिनु पर्नेछ ।


सबैभन्दा महत्त्वपूर्ण तथ्य त के भन्दा सिटीले यसपल्ट फरक शैलीमा खेल्न सक्छ, ग्वार्डिओलाले यस्तै संकेत गरेका छन् । त्यो भनेको बलमाथि अत्याधिक नियन्त्रण गरेर खेल्ने । अबको सिजन भने सिटीले केही पनि जित्न सकेन भने, विशेषतः लिग उपाधि, ग्वार्डिओला आफै ठूलो संकटमा पर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →