← समाचारमा फर्कनुस्
स्पोर्टिङसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पोर्चुगलको क्लब स्पोर्टिङ सिपीसँग पराजित भएको छ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा सिटी स्पोर्टिङ सिपीसँग ४–१ गोल अन्तरले पराजित भएको हो।
स्पोर्टिङ सिपीको जितमा भिक्टोर गिओकेरेजले ह्याट्रिक पूरा गरे। उनले खेलको ३८, ४९ र ८०औं मिनेटमा गोल गरेका हुन्। म्याक्सिमिलियानो अरौजोले एक गोल थपे। त्यस्तै, सिटीका लागि फिल फोडेनले गरेको गोल सान्त्वना बन्यो।
जीतसँगै स्पोर्टिङ सिपी चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पराजित भने म्यानचेस्टर सिटी भने समान खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |