← समाचारमा फर्कनुस्
न्युकासलसँग हारेपछि सिटीले गुमायो मौका

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको आर्सनलसँगको दूरी घटाउने अवसर गुमाएको छ । उसलाई न्युकासल युनाइटेडले २–१ ले हरायो । सेन्ट जेम्स पार्कमा हार्भी बारनेसले दुई गोल गरे । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए ।
यो हारपछि सिटी २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ । यस्तै एक खेल कम खेलेको आर्सनलको २६ अंक छ । यसअघि चेल्सीले बर्नलीलाई २–० ले हराएको थियो । लिभरपुलको खराव प्रदर्शनको क्रम भने जारी रह्यो र नटिङघम फरेस्टको हातबाट ३–० ले पराजित रह्यो ।
यससँगै लिभरपुल १८ अंकमा ११ औं स्थानमा झरेको छ । अन्य खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई २–०, फुलहमले सन्डरल्यान्डलाई १–० र ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो । बर्नमाउथ र वेस्ट ह्यामले भने २–२ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |