← समाचारमा फर्कनुस्
Football Oct 27, 2025 · Swadesh

भिल्लासँग सिटी स्तब्ध

भिल्लासँग सिटी स्तब्ध

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–० ले पराजित भएको छ। अपेक्षाकृत कमजोर ठानिएको भिल्लाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै शक्तिशाली सिटीलाई स्तब्ध पार्‍यो।


खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरेका थिए। तर, १९औं मिनेटमा  भिल्लाका माटी काशले गरेको गोल नै खेलको निर्णायक बन्यो। उनको प्रहारले सिटीका गोलकिपर एडेर्सनलाई कुनै मौका दिएन। त्यसपछि पनि सिटीले बराबरी गोलका लागि निकै प्रयास गरे पनि फिनिसिङमा कमजोरी देखियो।


दोस्रो हाफमा सिटीका प्रशिक्षक पेप गार्डियोलाले एर्लिङ हालान्ड र फिल फोडेनमार्फत आक्रमण तीव्र बनाए पनि भिल्लाको सशक्त रक्षात्मक खेलका कारण गोल गर्न असफल रहे। अर्कोतर्फ, भिल्लाले काउण्टर अट्याकमार्फत खेलमा प्रभाव जमाउँदै बारम्बार सिटीलाई दबाबमा राख्यो।


यस जितसँगै एस्टन भिल्लाले ९ खेलबाट १५ अंकसहित लिगको सातौँ स्थानमा उक्लिएको छ। लगातार लयमा देखिएको भिल्लाको यो जित यस सिजनको उल्लेखनीय प्रदर्शनमध्ये एक मानिएको छ।


पराजयसँगै म्यानचेस्टर सिटी १६ अंकमा सीमित रहँदै चौथो स्थानमा झरेको छ। पछिल्ला खेलमा स्थिर प्रदर्शन गर्न नसकेको सिटीका लागि यो हार शीर्ष स्थानमा पुनः फर्किन चुनौतीपूर्ण सावित हुने देखिन्छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →