सिटीलाई हराउँदै अल हिलाल क्वाटरफाइनलमा

काठमाडौं। प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई निराश बनाउँदै साउदी प्रो लिग क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको क्यापिगं वर्ल्ड स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेलमा अल हिलालले सिटीलाई ४-३ गोलअन्तरले हराएको हो।
अल हिलालको जितमा मार्कस लियोनार्डोले २ तथा मालकोम र कालिदोउ कुलिबाइले समान १ गोल गरे। सिटीका लागि भने बर्नार्डो सिल्भा, एर्लिङ हालान्ड र फिल फोडेनले समान १ गोल गरे।
सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो। खेलको नवौं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, खेलको ४६औं मिनेटमा मार्कस लियोनार्डोले गोल गर्दै हिलाललाई बराबरीमा ल्याए।
त्यसको ६ मिनेटपछि मालकोमले हिलाललाई अग्रता दिलाए। खेलको ५५औं मिनेटमा सिटीका लागि एर्लिङ हालान्डले बराबरी गोल गरे। ९० मिनेट र इन्ज्युरी समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा गएको थियो।
९३औं मिनेटमा कालिदोउ कुलिबाइले गोल गर्दै हिलाललाई फेरि अग्रता दिलाए। तर, १०४औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए।
११२औं मिनेटमा लियोनार्डोले व्यक्तिगत दोस्रो तथा खेलको निर्णायक गोल गर्दै हिलाललाई जित दिलाए।
यो जितसँगै अल हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेससँग खेल्नेछ। फ्लुमिनेसले प्रिक्वाटरफाइनलमा इटालीय क्लब इन्टर मिलानलाई हराएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |