← समाचारमा फर्कनुस्
Football Dec 07, 2025 · Swadesh

आर्सनललाई पछ्याउँदै सिटी

आर्सनललाई पछ्याउँदै सिटी

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई पछ्याउने क्रममा शनिबार इतिहाडमा भएको खेलमा दस खेलाडीमा सीमित सन्डरल्यान्डलाई सजिलै ३–० ले पराजित गरेको छ ।


यो जितपछि सिटीको १५ खेलबाट ३१ अंक भएको छ र यो आर्सनलसँग दुई अंकको दूरी मात्रै हो । आर्सनल एस्टन भिल्लाको हातबाट पराजित भएपछि सिटीले त्यसको फाइदा लिएको हो ।


लिग तालिकामा भिल्ला ३० अंकमा तेस्रो तथा चेल्सीले २५ अंकमा चौथो स्थानमा छ । सिटीका लागि रुबेन डियास, योस्को ग्वार्डियोल र फिल फोडेनले गोल गरे ।


चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरीमा चित्त बुझायो । लिभरपुलले लिड्स युनाइेटडसँग ३–३ को बराबरी खेल्यो । अन्य खेलमा एभरटनले नटिंघम फरेस्टलाई ३–०, न्युकासल युनाइटेडले बर्नलीलाई २–१ र टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →