← समाचारमा फर्कनुस्
हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटी रोकियो

काठमाडौं । एर्लिङ हाल्यान्ड पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर अन्तर्गत १८औं साताकाे खेलमा रोकिएको छ।
घरेलु मैदान इत्तिहाद रंगशालामा बिहीबार भएको खेलमा सिटी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो।
सिटीका लागि बर्नान्डो सिल्भा र एभर्टनका लागि लिम्यान एनडिआयीले गोल गरे।
खेलको १४औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो तर, ३६औं मिनेटमा एनडिआयीले एभर्टनका लागि बराबरी गोल फर्काए।
हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटीले ५३औं मिनेटमा अग्रता लिने अवसर गुमायो। उनको प्रहारलाई एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा सिटी अंक बाँड्न बाध्य भयो।
यो नतिजासँगै १८ खेलबाट २८ अंक जोडेको सिटी छैटौं स्थानमा छ। एभर्टन १७ खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |