युभेन्टसलाई हराउँदै सिटी समूह विजेता

काठमाडौँ । इटालियन क्लब सिरी ए क्लब युभेन्टसलाई हराउँदै इंग्लिस क्लब म्यान्चेस्टर सिटी जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेकाे छ। यद्यपी हारका बाबदुत युभेन्टस समूह उपविजेताकाे रुपमा अघिल्लाे चरणामा प्रवेश गरेकाे छ।
बिहीवार राति भएकाे समुह जी का अन्तिम खेल सकिएसँगै यस समुहबाट सिटी र युभेन्टस नक आउट चरणमा पुगेका हुन्।
अन्तिम खेलमा सिटीले युभेन्टसलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो भने अल ऐनले वीडाडलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
सिटीलाई जित दिलाउन जेरिमी डोकु, एर्लिङ हालान्ड, फिल फोडेन र साभिन्होले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। युभेन्टसका लागि ट्युन कोपमेइनर्स र डुसन भ्लाहोभिचले गोल फर्काए।
सिटीले तीनै खेलमा जित हासिल गर्दै ९ अंकसहित समुहमा शीर्ष स्थान हासिल गर्दै नकआउटमा पुगेको छ भने युभेन्टस ३ खेलमा ६ अंकसहित दोस्रो हुँदै नकआउटमा पुगेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |