आर्सनललाई सिटीको कडा चुनौती

इर्लिङ हालान्डले ६५ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको छ । यो जितपछि सिटी फेरि उपाधि होडमा बलियो ढंगले फर्केको छ ।
सिटीले रायन चेर्कीको गोलले अग्रता लिएपछि काई हार्भटेजले आर्सनलका लागि बराबरी गोल फर्काए । यो जितपछि सिटी ६७ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी मात्रै हो । सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको छ र अबको खेल जितेर आर्सनललाई उछिन्ने अवसर हुनेछ ।
आइतबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले सन्डरल्यान्डलाई ४–३ र लिभरपुलले एभरटनलाई २–१ ले हरायो । भिल्ला ५८ अंकमा चौथो र लिभरपुल ५५ अंकमा पाँचौं स्थानमा रहेका छन् । दुवै टिम च्याम्पियन्स लिगमा छनोट हुने संघारमा छन् । नटिंघम फरेस्टले भने बर्नलीलाई ४–१ ले पराजित गर्न सफल रह्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women