TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 26, 2026 · Swadesh

पुर्नआगमन जितसँगै सिटी फाइनलमा

पुर्नआगमन जितसँगै सिटी फाइनलमा

म्यानचेस्टर सिटीले साउथह्याम्पटनमाथि रोमाञ्चक २–१ को पुर्नआगमन जित रच्दै शनिबार एफएकपको फाइनलमा पुगेको छ । वेम्बलीमा भएको सेमिफाइनलमा फिन एजाजको गोलले अग्रता लिएको थियो ।


त्यसपछि जेरेमी डुकुले ८२ औं मिनेटमा बराबरी गोल फर्काए । निको गोन्जालेजले ८७ औ मिनेटमा गरेको गोल निर्णायक रह्यो । यो जितपछि सिटीको यो सिजन तीन उपाधि जित्ने सम्भावना कायम रह्यो ।


लिगकप जितिसकेको सिटीसामु इंग्लिस प्रिमियर लिग जित्ने अवसर पनि रहेको छ । सिटीको फाइनल प्रतिद्वन्द्वी आइतबार तय हुनेछ । दोस्रो समिफाइनलमा चेल्सी र लिड्स युनाइटेड भिड्दै छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →