← समाचारमा फर्कनुस्
सिटीलाई चेल्सीको धक्का

इंग्लिस प्रिमियर लिगमा चेल्सीले म्यानचेस्टर सिटीलाई उसकै घरमा आइतबार १–१ बराबरीको धक्का दिएको छ । इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि चेल्सी बराबरी निकाल्न सफल रहेको हो ।
इतिहाडमा सिटीले टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र तर त्यसलाई खेलको अन्त्यतिर कायम राख्न सकेन् । यो नतिजापछि सिटी ४२ अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ । आर्सनल ४८ अंकमा शीर्षमा छ ।
एस्टन भिल्ला ४२ अंकमै तेस्रो स्थानमा छ । यस्तै लिभरपुल भने ३४ अंकमा चौथो तथा चेल्सी ३१ अंकमा पाँचौं स्थानमा कायम रह्यो ।
लिभरपुलले अर्को खेलमा फुलहमसँग २–२ को बराबरी खेल्यो भने टोटनहम र सन्डरल्यान्डले पनि १–१ को बराबरी नै खेले । न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० र ब्रेन्टफोर्डले एभरटनलाई ४–२ ले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women