← समाचारमा फर्कनुस्
सिटी र भिल्लालाई बराबरीमा घाटा

म्यानचेस्टर सिटी र एस्टन भिल्ला दुवैले बुधबार इंग्लिस प्रिमियर लिगमा बराबरी खेलेका छन् र यसले उनीहरूलाई घाटा नै हुनेछ । यसले शीर्षमा रहेको आर्सनललाई भने फाइदा हुनेछ । उसले बिहीबार राति लिभरपुलको सामना गर्दैछ ।
सिटीले ब्राइटनसँग १–१ र क्रिस्टल प्यालेर र भिल्लाले गोलरहित बराबरी खेले । सिटीले इर्लिङ हालान्डको गोलले इतिहाडमा अग्रता लिएको थियो । तर काओरु मितोमाले बराबरी गोल फर्काए ।

सिटी र भिल्ला दुवै समान ४३ अंकमा छन् । आर्सनलको भने ४८ अंक छ । बुधबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेड भने बर्नलीको हातबाट २–२ को बराबरीमा रोकियो । एभरटन र उल्भ्सले पनि १–१ को बराबरी खेले ।
अन्य खेलमा फुलहमले चेल्सीलाई २–१, बर्नमाउथले टोटनहमलाई ३–२, ब्रेन्टफोर्डले सन्डरल्यान्डलाई ३–० र न्युकासल युनाइटेडले लिड्स युनाइटेडलाई ४–३ ले हराए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women