← समाचारमा फर्कनुस्
च्यासललाई रेलिगेसनको खतरा यथावत्

काठमाडौं। च्यासल युथ क्लब र श्री टुसाल युथ क्लबलाई सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा यथावत् रहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा यी दुई टोलीले १–१ को बराबरी खेलेको हो।
खेलको ३०औं मिनेटमा अनिल बोम्जमको गोलमार्फत च्यासलले सुरुआती अग्रता लिएकोऊ थियो। तर, निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा प्रदीप सुनारले गोल गर्दै टुसाललाई हारबाट जोगाए।
योसँगै ११ खेलबाट १५ अंक पुर्याएको च्यासल छैटौं स्थानमा छ। समान खेलबाट ११ अंक पुर्याएको टुसाल १२औं स्थानमा यथावत् छ।
च्यासलसँग एक खेल कम खेलेको पुछारको नयाँ बस्ती क्लबसँग सात अंकको दुरी मात्रै कायम छ। नयाँ बस्तीको १० खेलबाट आठ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |