← समाचारमा फर्कनुस्
Football Apr 06, 2025 · Swadesh

च्यासल र भगवतीले अंक बाँडे

च्यासल र भगवतीले अंक बाँडे

काठमाडौं। श्री भगवती क्लब र च्यासल युथ क्लब बराबरीमा रोकिएका छन्।

सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा च्यासल र भगवती गोलरहित बराबरीमा रोकिएको हो। दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।

जारी लिगमा भगवतीको यो दोस्रो बराबरी हो। दोस्रो स्थानमा रहेको भगवतीको पाँच खेलबाट १० अंक छ। शीर्ष स्थानको प्लानिङ ब्वाइजको भने १२ अंक छ। यद्यपि, प्लानिङले एक खेल कम खेलेको छ।

च्यासल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा यथावत् छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →