← समाचारमा फर्कनुस्
Football Aug 18, 2025 · Swadesh

चर्च ब्वाइज र एनआरटी विजयी

चर्च ब्वाइज र एनआरटी विजयी

काठमाडौं। एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेड र न्यूराेट टिम एनआरटीले सहज जित हासिल गरेका छन्।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनकाे पहिलाे खेलमा चर्च ब्वाइजले एफसी रिएलेविरुद्ध ६-० को जित निकालेको हो।


चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई तथा मनिषा तुमरोक र वर्षा ओलीले गोल गरे। यससँगै चर्च ब्वाइजले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित रिएले अंकविहीन छ।


यस्तै, दाेस्राे खेलमा एनआरटीले नेपाल खेलकुद क्लब महिला टिमलाई ३–१ गाेलले पराजित हर्याे। 


एनआरटीकाे जितमा सजिना स्याङबाे, प्रतिक्षा ठकुरी र संगिता कुरमारी मल्लले गाेल गरिन्। यी तीनै गाेल दाेस्राे हाफमा सम्भव भएकाे हाे।


भारी वर्षाकाे कारण खेल केही समय राेकिएकाे थियाे। जितसँगै समूह बी काे एनआटीले तीन अंक जाेड्न सफल भएकाे छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →