← समाचारमा फर्कनुस्
Football Dec 27, 2024 · Swadesh

यु–१६ युथ लिग : चर्च ब्वाइज र मछिन्द्रको विजयी सुरुआत

यु–१६ युथ लिग : चर्च ब्वाइज र मछिन्द्रको विजयी सुरुआत

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबले विजयी हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा संकटा क्लबविरुद्ध २–१ को पुनरागमन जित दर्ता चर्च ब्वाइजले विजयी सुरुआत गरेको हो।

चर्च ब्वाइजको जितमा सोनिल मगर र सुगम रानाले गोल गरे। संकटाका लागि पेम्बा तामाङले गरेको गोल सान्त्वना बन्यो।

खेलको १५औं मिनेटमा पेम्बाको पेनाल्टी गोलमार्फत संकटाले अग्रता लिएको थियो। ३०औं मिनेटमा सोनिलले फ्रिकिकमार्फत चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए।

यस्तै दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि ६–० गोलको सहज जित हासिल गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →