चितवनको विजयी सुरुआत

काठमाडौं। एफसी चितवनले जितसहित नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको हो। यसअघिका दुई भेटमा यसअघि भएका दुई खेलमा पनि पोखराले २–१ र १–० को जित निकालेको थियो। यसपल्ट भने चितवनले इतिहास उल्टाउँदै पहिलो जित निकाल्न सफल भएको हो।
चितवनको जितमा नोडिर माभलोनोभ र नीरज चौधरीले गोल गरे। जितसँगै चितवनले तीन अंक जोडेको छ।
खेलको १५औं मिनेटमै नोडिरको गोलमार्फत चितवनले सुरुआती अग्रता लिएको थियो। भिक्टर मानसारायले दिएको बललाई नोडिरले पेनाल्टी बक्स लाइनजिकबाट प्रहार गरेका थिए। प्रिसोले सही दिशामा ड्राइभ लगाए पनि बचाउन सकेनन्।
त्यसपछि चितवनलाई अर्को गोल गर्न ८० मिनेट कुर्नुपरेको थियो। दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा नीरजले चितवनलाई अर्को गोल दिलाए। मानसारायले काउन्टर अट्याकमार्फत उपलब्ध गराएको बललाई नीरजले गोल गरे। यसपल्ट पनि प्रिसो सहजै बिट भए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |