← समाचारमा फर्कनुस्
Football Apr 04, 2025 · Swadesh

चितवन शीर्ष स्थानमा

चितवन शीर्ष स्थानमा

काठमाडौं। बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चितवनले १–० को कठिन जित निकालेको हो।  

चितवनलाई लगातार जित दिलाउन घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनले गरेको गोल निर्णायक बन्यो।

उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्। नोडिर माभ्लोनोभले दिएको क्रसलाई उनले भिक्टर मानसरायसम्म पुर्‍याउन खोजेका थिए। तर, बुटवलका डिफेन्डर सरोज तामाङलाई लाग्दै रिबाउन्डमा आएको बललाई उनले पेनाल्टी बक्सबाहिरबाट  लेफ्ट फुटेट सर्ट प्रयोग गर्दै जाली चुमाए।

यो नतिजासँगै चितवनले दुई खेलमा दुई जितसहित ६ अंक जोडेको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराउँदै सानदार सुरुआत गरेको थियो।

चितवन साबिक विजेता ललितपुर सिटी एफसीभन्दा दुई अंकले अगाडि रहेको छ। बुटवलको भने यो दोस्रो हार हो। झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ३–१ ले पराजित भएको थियो। बुटवल भने एक अंकसाथ छैटौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →