← समाचारमा फर्कनुस्
Football Apr 06, 2025 · Swadesh

चितवनले झापासँग अंक बाँड्यो

चितवनले झापासँग अंक बाँड्यो

काठमाडौं। एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीसँग अंक बाँडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ को बराबरी खेलेको हो। 

चितवनका टेरिक जेब्रनले गोल गरे। झापाका अलहाजी गिरोले बराबरी गोल फर्काएका हुन्। २८औं मिनेटमा चितवनले गोल सुरुआती अग्रता लिएको थियो।

झापाले यस सिजन बेहोरेको यो नै पहिलो गोल हो। तर, जितनजिक पुगिसकेको चितवनलाई रोक्न एरोन थापा नायक बने। बेञ्चबाट सुरुआत गरेका उनको ‘स्मार्ट मुभ’का कारण झापाले खेलमा फर्किने अवसर प्राप्त गर्‍यो।

९२औं मिनेटमा नीरज चौधरीले बल अगाडि बढाइरहेका एरोनलाई पेनाल्टी बक्सभित्र लडाएपछि झापाले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो। उक्त पेनाल्टीलाई गिरोले गोलमा परिणत गर्दै झापालाई हारबाट जोगाए। जारी प्रतियोगिता नाइजेरियन खेलाडी र झापाको यो नै पहिलो गोल हो।

यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्‍याएको छ, जुन दोस्रो स्थानमा रहेको साबिक विजेता ललितपुर सिटी एफसीको भन्दा दुई अंक बढी हो।

झापा भने समान खेलबाट तीन अंक पुर्‍याएको छ। झापा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिन सफल भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →