चित्लाङ एफसी राष्ट्रिय लिगमा छनोट

काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिग अन्तर्गत जन जागृति युवा क्बललाई हराउँदै चित्लाङ एफसी एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।
मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा चित्लाङले जन जागृतिलाई २–० ले पराजित गरेको हो।
चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। विज्ञानले खेलको १३औँ र मदनले ७०औँ मिनेटमा गोल गरेका हुन्।
जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ। चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टिम हो। यसअघि लालिगुँरा एसोसिएसन छनोट भइसकेको छ। जारी प्रतियोगितामा चार खेलबाट सात अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। सात अंक नै रहेको लालिगुँरास शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट एक अंक रहेको जन जागृति पूछारमा छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लब तेस्रो स्थानमा झरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |