← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

छहारीको विजयी सुरुआत

छहारीको विजयी सुरुआत

काठमाडौं । छहारी युवा क्लबले एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेकाे छ।


सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा छहारीले एफसी रिएलेलाई ३–० ले पराजित गरेकाे हाे।


भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीलाई जित दिलाउन ललिता मन्डला, सुमित्रासिंह पाख्रिन सानिमा माया लाेले समान एक गाेल गरिन्।


पहिलो हाफमा दुई गोल गरेकाे छहारीले दोस्रो हाफमा एक गोल थप्न सफल भयाे।


खेल वर्षाले प्रभावित भएपछि ३० मिनेट रोकिएको थियो। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन्।


जितसँगै छहारीले तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →