← समाचारमा फर्कनुस्
Football May 29, 2025 · Swadesh

चेल्सीले जित्यो युइएफए कन्फेरेन्स लिगको उपाधि

चेल्सीले जित्यो युइएफए कन्फेरेन्स लिगको उपाधि

काठमाडौँ । लन्डन क्लब चेल्सीले युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको छ।

बुधबार राति भएकाे खेलमा स्पेनिस क्लब रियल बेटिसलाई ४-१ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो।

चेल्सी १-० ले पछि परेको अवस्थामा खेलको दोस्रो हाफमा पुनरागमन गर्दै ४ गोल गरेको थियो।

चेल्सीका लागि इन्जो फर्नानडेज, निकोलस क्याक्सन, जोर्डन सान्चो र मोइयस काइसेडोले एक एक गोल गरे। रियल बेटिसका अबडे इजालजोउलीले गरेकाे गाेल सान्त्वना बन्याे।

योसँगै चेल्सी युइएफएका सबै चारवटा क्लब प्रतियोगिता जित्ने इतिहास बनाएको हो। उसले च्याम्पियन्स लिग, युरोपा लिग, कन्फेरेन्स कप र सुपर कप जित्ने पहिलो क्लब बनेको हाे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →