← समाचारमा फर्कनुस्
फरेस्टमाथि चेल्सीको सजिलो जित

दोस्रो हाफको तीन गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टमाथि सजिलो ३–० को जित हात पारेको छ र यससँगै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीको आठ खेलबाट १४ अंक भएको छ ।
समस्याबाट गुज्रिरहेको फरेस्ट भने १७ औं स्थानमा रह्यो । सिटी ग्राउन्डमा बेहोरेको हारसँगै समस्यामा रहेको फरेस्टका प्रशिक्षक एन्गे पोस्टेकोग्लुमाथि थप दबाबमा परेका छन् ।
चेल्सीका लागि जोस आचेमपोङले ४९, पेड्रो नेटोले ५२ र रेस जेम्सले ८४ औं मिनेटमा एक एक गोल गरे । मालो गुस्टोले भने ८७ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाडे र चेल्सी दस खेलाडीमा सीमित रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |