← समाचारमा फर्कनुस्
Football Nov 08, 2024 · Swadesh

अल्मेनियाको पोस्टमा चेल्सीको आठ

अल्मेनियाको पोस्टमा चेल्सीको आठ

काठमाडौं । युरोपियन कन्फेरेन्स लिगमा इङ्लिस क्लब चेल्सीले फराकिलो जित हासिल गरेको छ।

गएराति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले पाहुना टोली अल्मेनियाको एफसी नोअहमाथि ८–० को फराकिलो जित हासिल गरेको हो।

चेल्सीको जितमा जोआओ फेलिक्स र क्रिष्टोफर एकुन्कुले समान दुई गोल गरे। टोसिन एडाराबिओयो, मार्क गुउ, एलेक्स डिजासी, मेकाइलो मुड्रिकले समान एक गोल गरे। 

पाहुना टोली अल्मेनियाको नोअहमाथि पहिलो हाफमै ६ गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

जीतसँगै चेल्सी ९ अंकसहित शीर्ष स्थानमा छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →