TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 01, 2026 · Swadesh

छुटिए चेल्सी र मारेस्का

छुटिए चेल्सी र मारेस्का

इन्जो मारेस्काले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको मुख्य प्रशिक्षक पद बिहीबार छाडेका छन् । क्लब सम्हालेको १८ महिनापछि उनले बिदा लिएको चेल्सीले बताएको छ । क्लबले भनेको छ, ‘चेल्सी र प्रमुख प्रशिक्षक मारेस्काले अलग हुने निर्णय गरेको छ । हाम्रो उद्देश्य अझै पनि चार प्रतियोगिता राम्रो खेल्नु र च्याम्पियन्स लिगका लागि छनोट हुने नै हुनेछ ।’


चेल्सी लिगको तालिकाको पाँचौं स्थानमा रहेको छ । यो शीर्षमा रहेको लन्डन प्रतिद्वन्द्वी आर्सनलसँग १५ अंकको दूरी हो । यस्तै चौथोमा रहेको लिभरपुलसँग दुई अंकले पछाडि छ । चेल्सी लिगका पछिल्ला सात खेलमध्ये एकमा मात्र विजयी रहेको थियो ।


डिसेम्बरमा छ खेलबाट छ अंक मात्र बटुलेको थियो र यससँगै क्लबको उच्च व्यवस्थापनसँग उनको सम्बन्ध बिग्रेको थियो । मंगलबारको खेलमा चेल्सीले बर्नमाउथसँग २–२ को बराबरी खेलेको थियो । उनकै नेतृत्वमा चेल्सीले सिजनको सुरुमा क्लब वर्ल्डकप जितेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →