← समाचारमा फर्कनुस्
पीएसजीलाई स्तब्ध पार्दै चेल्सीले क्लब वर्ल्डकप च्याम्पियन

कोल पाल्मेरको प्रेरणादायी प्रदर्शनको मदतले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आइतबार क्लब वर्ल्डकप २०२५ को उपाधि जितेको छ र यसका लागि उसले बलियो पेरिस सेन्ट जर्मेन (पीएसजी) लाइ स्तब्ध पारेको छ ।
पाल्मेरले दुई गोल गर्दै एउटा अर्को गोलमा सहयोगी भूमिका पनि निभाएपछि चेल्सीले पीएसजीलाई ३–० ले पराजित गरेको हो । न्युयोर्क मेट लाइफ स्टेडियममा भएको फाइनल खेलमा पाल्मेरले २२ र ३० औं मिनेटमा गोल गरे ।
यसपछि उनले नै सिजना गरेको अवसरमा जाओ पेड्रोले पहिलो हाफको अन्त्यतिर तेस्रो गोल थपे । चेल्सीले सन् २०२१ मा पनि क्लब वर्ल्डकप जितेको थियो । तर त्यति बेला यो प्रतियोगितामा आठ टिमले मात्र भाग लिएको थियो ।
पीएसजीका लागि फाइनल बिर्सनलायक रह्यो र खेलको अन्त्यतिर टिम दस खेलाडीमा समेत सीमित रहेको थियो । जाओ नेभास ८५ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |