बार्सिलोनामाथि चेल्सीको शानदार जित

चेल्सीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार दस खेलाडीमा सीमित बार्सिलोनामाथि त्यस्तो जित निकालेका छ, जसलाई शानदार भन्न सकिनेछ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा इंग्लिस प्रिमियर लिगको दोस्रोमा रहेको चेल्सीले स्पेनी ला लिगाको दोस्रोमा रहेको बार्सिलोनालाई ३–० ले हराएको हो ।
जुलेस कोन्डको आत्मघाती गोलमा चेल्सी अगाडि रहेपछि स्टेभाओ र लियाम डेलापले गोल थपे । म्यानचेस्टर सिटी भने बायर लेभरकुजनको हातबाट २–० ले पराजित रह्यो र यसको सबै दोष पेप ग्वार्डिओलालाई जानेछ । उनले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएका थिए र यो निर्णय ठीक रहेन् ।
बोरुसिया डर्टमुन्डले भिल्लारियलमाथि अर्को शानदार ४–० को जित रच्यो । अर्को इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड भने मार्सेसँग २–१ ले पराजित भयो । नेपोलीले भने कोरबागमाथि २–० को जित हात पार्यो । युभेन्ट्सले बोर्डो/गिम्टलाई ३–२ ले हरायो ।
अन्य खेलमा बेनफिकाले आयाक्सलाई २–० र युनियन सेन्ट गिलोसले १–० ले हरायो । स्लाभिया प्राग र एथलेटिको बिलबाओबीचको खेल गोलरहित बराबरीमा समाप्त भयो । चेल्सी र सिटी दुवै समान १० अंकमा छन् । लेभरकुजनको आठ अंक भएको छ । बार्सिलोना भने सात अंकमै सीमित रह्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |