← समाचारमा फर्कनुस्
Football Dec 01, 2025 · Swadesh

चेल्सी र आर्सनलको बराबरी

चेल्सी र आर्सनलको बराबरी

दस खेलाडीमा सीमित चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–१ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको लन्डन डर्बीको यो नतिजापछि आर्सनलको १३ खेलबाट ३० अंकमा शीर्षमा रह्यो ।


त्यसपछि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ । चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा पहिलो हाफमा गुमाएको थियो । दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।


त्यसपछि मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए । भिल्लाले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो र २४ अंकमै चौथो स्थानमा रह्यो ।


अन्य खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–०, ब्राइटनले नटिंघम फरेस्टलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →