← समाचारमा फर्कनुस्
Football May 09, 2026 · Swadesh

चेल्सीसँग लिभरपुलको निराशाजनक बराबरी

चेल्सीसँग लिभरपुलको निराशाजनक बराबरी

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार चेल्सीसँग निराशानाजक १–१ को बराबरी खेलेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले ग्रेभेनबेर्चको गोलले छैटौं मिनेटमा लिएको थियो ।


इन्जो फर्नान्डेजले ३५ औं मिनेटमा फ्रि–किकबाट बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन र लिभरपुल निराशाजनक बराबरीमा चित्त बुझाउन बाध्य रह्यो ।


यो नतिजापछि लिभरपुल अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोटको नजिक पुगेको छ । लिभरपुल ३६ खेलबाट ५९ अंकमा चौथो स्थानमा रह्यो । चेल्सी भने समान खेलबाट ४९ अंकमा नवौं स्थानमा रह्यो । लिगमा लगातार छ हारपछि चेल्सी यो बराबरी निकाल्न सफल रहेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →