TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 22, 2026 · Swadesh

चेल्सीलाई उछिनेर ब्राइटन छैटौंमा

चेल्सीलाई उछिनेर ब्राइटन छैटौंमा

ब्राइटनले इंग्लिस प्रिमियर लिगमा मंगलबार चेल्स्लीाई सजिलै ३–० ले पराजित गरेको छ र यससँगै चेल्सीलाई नै उछिनेर ५० अंकमा छैटौं स्थानमा उक्लेको छ । चेल्सीको यो हारले अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना लगभग समाप्त भएको छ ।


ब्राइटनका लागि फेरडी काडिग्लु, ज्याक हिन्सेलउड र ड्यानी वेलब्याकले एक एक गोल गरे । खराव लयमा रहेको चेल्सी सन् १९१२ यता विना कुनै गोल गर्दै लगातार पाँच खेलमा पराजित भएको यो पहिलो पटक हो ।


चेल्सी लिगका पछिल्ला आठ खेलमध्ये सातमा पराजित रहेको छ र अहिले सातौं स्थानमा झरेको छ । यो पाँचौं स्थानमा रहेको लिभरपुलसँग सात अंकको दूरी हो । लिभरपुलको ५५ अंक छ र पाँचौं स्थानसम्म रहने टिम च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →