TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 08, 2025 · Swadesh

सेल्टा भिगोसँग रियल स्तब्ध

सेल्टा भिगोसँग रियल स्तब्ध

नौ खेलाडीमा सीमित रियल म्याड्रिड आइतबार स्पेनी ला लिगामा सेल्टा भिगोको हातबाट २–० ले स्तब्ध भएको छ र यो हारले प्रशिक्षक ज्याभी एलोन्सो दबाबमा रहनेछन् ।


बर्नाबाउमा भएको खेलमा सेल्टा भिगोका लागि दुवै गोल विलिट स्वेडबर्गले गरे । उनले ५४ औं मिनेटमा पहिलो गोल गरे र दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे ।


रियल १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । सेल्टा भिगो भने १९ अंकमा दोस्रो स्थानमा उक्लेको छ ।


आइतबारका अन्य खेलमा अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले पराजित गर्‍यो भने भ्यालेन्सिया र सेभियाले १–१ को बराबरीमा चित्त बुझाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →