← समाचारमा फर्कनुस्
Football Oct 14, 2025 · Swadesh

केप भार्डे भयो विश्वकपमा छनोट

केप भार्डे भयो विश्वकपमा छनोट

केप भार्डे फुटबलको विश्वकपमा छनोट हुने दोस्रो सबैभन्दा सानो देश भएको छ । उसले सन् २०२६ को अफ्रिकी विश्वकप छनोटको समूह ‘डी’ बाट यो उपलब्धी चुमेको हो ।


यसका लागि केप भार्डेले इस्वाटिनीलाई सोमबार ३–० ले हरायो । शक्तिशाली क्यामरुन सम्मिलित समूहबाट केप भार्डेले अविश्वनीय प्रदर्शन गर्दै विश्वकपमा पुगेको हो ।


अटलान्टिक महासागरमा अवस्थित केप भार्डे १० टापुर मिलेर बनेको देश हो र यसको जनसंख्या पाँच लाख भन्दा केही बढी मात्र रहेको छ ।


यसले सन् १९७५ पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो । सन् २०१८ को विश्वकप खेलेको आइसल्यान्ड नै अहिलेसम्म यो प्रतियोगिता खेल्न सबैभन्दा सानो देश रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →