← समाचारमा फर्कनुस्
धनगढीलाई बुटवलको चुनौती

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार साबिक उपविजेता धनगढी एफसीलाई बुटवल लुम्बिनी एफसीले चुनौती प्रस्तुत गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा यी दुई टाेलीबीचकाे भिड्न्त साँझ खेल ६ बजे सुरु हुनेछ।
तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल हो भने धनगढीको भने यो पहिलो खेल हो। यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।
धनगढी र बुटवल यसअघि दुईपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। जसमा दुवै टोलीले समान एक खेल जितेका छन्। पहिलो संस्करणमा बुटववले १–० को जित निकालेको थियो।
दोस्रो संस्करणमा भने धनगढीले सोही नतिजा उल्टाउँदै पहिलो जित निकालेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |