← समाचारमा फर्कनुस्
Football Aug 07, 2025 · Swadesh

बर्नलीः रेलिगेसन जोगाउनै गाह्रो

बर्नलीः रेलिगेसन जोगाउनै गाह्रो

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमबारे चर्चा गर्ने पालो अब बर्नलीको । यो शृंखलामा बर्नली छैटौं क्लब रहेको छ । हामीले यसअघि आर्सनल, एस्टन भिल्ला, बर्नमाउथ, ब्रेन्टफोर्ड र ब्राइटनको चर्चा गरिसक्यौं ।)


बर्नली त्यस्तो टिम रहेको छ, जसलाई इंग्लिस प्रिमियर लिगमा बसिरहन गाह्रो हुन्छ । तर त्यही टिमलाई इंग्लिस च्याम्पियन्स लिगबाट माथि उठ्न गाह्रो हुन्न । त्यस अर्थमा बर्नली प्रिमियर लिगका लागि कमजोर टिम हो, त्यही टिम च्याम्पियन्स लिगमा भने अत्याधिक बलियो हुने गर्छ ।


यसले पनि देखाउँछ, इंग्लिस फुटबलको लिग संरचनामा शीर्ष दुई डिभिजनमै कति फरक छ भनेर । पछिल्लो चार सिजनकै उदाहरण हेरौं न । प्रिमियर लिगबाट रेलिगेसनमा, ३५ अंक मात्रै । लगतै सिजन च्याम्पियन्स लिगबाट बढुवा, १ सय १ अंकसहित । फेरि प्रिमियर लिगबाट रेलिगेसनमा, २४ अंक ।


लगतै पछिल्लो सिजन फेरि बढुवा, १०० अंकसहित । यस्तोमा अबको सिजन बर्नलीको प्रदर्शन कस्तो हुनेछ त ? त्यसको एउटै मात्र बुंदा छ र त्यो हो, यसलाई रेलिगेसन जोगाउनै गाह्रो हुनेछ । त्यसैले यसको पूरा ध्यान यसमै केन्द्रित हुनु पर्छ । साँच्चै बर्नली प्रिमियर लिगमै कायम रह्यो भने यो भयो ठूलो सफलता ।

 

क्लबका प्रशिक्षक हुन्, स्कट पार्कर । उनको बनाउने रणनीति पनि त्यही हो, जुन सुकै अवस्थामा पनि प्रिमियर लिगमै रहने । बर्नलीका खेलाडीमध्ये सबैभन्दा बढी चिनिने नाम हो, केली वाल्कर । उनी म्यानचेस्टर सिटी छाडेर बर्नली आएका छन् र उनकै काँधमा बढी जिम्मेवारी हुनेछ, क्लबलाई फेरि तल झर्नबाट रोक्ने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →