ब्राइटनः युवा प्रशिक्षकमाथि विश्वास

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा खेल्ने टिमहरूको विश्लेषण गर्ने क्रममा अब पालो, ब्राइटनको । अबको सिजन ब्राइटनको प्रदर्शन कस्तो हुन सक्ने छ त ?)
ब्राइटनका प्रशिक्षक हुन्, फाबियान हुजलर । यी जर्मन प्रशिक्षकलाई लिएर सबैभन्दा ठूलो विशेषता हो, उनी भर्खर ३२ वर्षका भए । अझ उनले पछिल्लो सिजन क्लब सम्हाल्दा भर्खर ३१ वर्षका थिए । यस्तोमा उनी कुनै पनि प्रिमियर लिग क्लब सम्हाल्ने सबैभन्दा कान्छा प्रशिक्षक भए ।
यति धेरै नयाँ प्रशिक्षकमाथि विश्वास गर्नु ब्राइटनको आत्मविश्वास पनि हो । यस्तोमा तय छ, अबको सिजन यो क्लबको प्रदर्शन धेरै हदसम्म यिनै प्रशिक्षकका निर्भर हुनेछ, उनले कसरी खेलाउने छन् भनेर । त्यो भनेको उनको रणनीति भयो, उनले कसरी ब्राइटनलाई मैदानमा उतार्ने छन् ।
इंग्लिस मिडियालाई यी प्रशिक्षकमाथि पनि विश्वास रहेछ, त्यसैले भन्छ, ब्राइटन यसपल्ट पनि लिगको शीर्ष १० भित्र पर्नेछ । गत सिजन ब्राइटन युरोपमा खेल्ने अवसरबाट निकै नजिक पुगेर छुटेको हो । तर त्यसमा दुःख भन्दा पनि खुसी नै रहनेछ, किनभने क्लबको प्रदर्शन साँच्चै राम्रै रह्यो, अपेक्षा भन्दा बढी ।
त्यो सिजनको सुरुमै ब्राइटनका अधिकांस खेलाडी घाइते थिए, तर पनि राम्रै गरेको थियो, ६१ अंकसहित आठौं स्थानमा रहेर । अझ ६६ गोल पनि गरेको थियो । अबका सिजनका लागि केही नयाँ खेलाडी पनि आएका छन्, विशेषतः युवा खेलाडी । तर यसबीच अनुभवी जाओ पेड्रो भने चेल्सी गएका छन् ।
उनका लागि चेल्सीले ब्राइटनलाई छ करोड पाउन्ड तिरेको छ । उनी जत्तिको खेलाडी गुमाउनु ब्राइटनका लागि समस्या हुन सक्छ । हुजलर आफै भने आत्मविश्वासी छन् । उनी भन्छन्, ‘अबको सिजन ब्राइटनको प्रदर्शन अझ राम्रो हुनेछ । टिमलाई अझ राम्रो बनाउने धेरै उपाय छन् ।’
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |