ब्रेन्टफोर्डः रेलिगेसनबाट बच्न संघर्ष गर्नु पर्ने

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमको विश्लेषण गर्ने क्रममा पालो, ब्रेन्टफोर्डको । लन्डनको यो क्लब हाम्रो सिरिजमा पालो आएको चौथो क्लब हुनेछ ।)
केही वर्ष भयो, इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डको नाम सुन्न थालिएको पनि । लामो समय इंग्लिस फुटबलको तल्लो डिभिजनमै रहेको ब्रेन्टफोर्डले सन् २०२१–२०२२ यता प्रिमियर लिगमा छ । सुरुमा अनुमान गरिएको थियो, यो क्लब माथिल्लो डिभिजनमा धेरै टिक्ने छैन् ।
तर सबै खाले अनुमानलाई गलत सावित गर्दै यो क्लब प्रिमियर लिगमा कायम रह्यो । तर अब डर छ, कतै अबको सिजन यो रेलिगेसनमा पर्ने त होइन् । यसको स्पष्ट एउटा कारण हो, क्लबको परिचय जस्तै रहेका प्रशिक्षक थोमस फ्रान्क बाहिरिनु । उनकै कारण क्लब प्रिमियर लिगमा टिकिरहेको थियो भन्दा हुन्छ ।
तर उनी विना ब्रेन्टफोर्डलाई गाह्रो हुने निश्चित छ । त्यसैले इंग्लिस मिडियाले भनिसकेको छ, ब्रेन्टफोर्ड रेलिगेसनको लागि सबैभन्दा बलियो प्रत्यासीमध्ये एक हो र क्लब क्लब फ्रान्कविना एकाएक प्रिमियर लिगमा नयाँ जस्तै भएको छ । खास भन्ने हो भने अहिले ब्रेन्टफोर्डबीच अनिश्चिता छाएको छ ।
त्यसमाथि क्लबका केही प्रमुख खेलाडी पनि बाहिरिएका छन् । अबका नयाँ सिजन ब्रेन्टफोर्डमा सबै भन्दा बढी चिनिएको अनुहार भनेको जोर्डन हेन्डरसन हुने छ । यी लिभरपुलका पूर्व कप्तानले ब्रेन्टफोर्डलाई रेलिगेसनबाट बचाउने हो भने आफ्नो सबै पुरानो अनुभव प्रयोग गर्नु पर्ने हुन्छ ।
फ्रान्क टोटनहम गएयता टिमका प्रशिक्षक भएका छन्, केथ एन्ड्र्यु । उनी नयाँ त हुन्, तर प्रशिक्षकका रूपमा अनुभवको कमी भने छैन् । उनको पनि एक मात्र उद्देश्य हुनु पर्छ, क्लबलाई रेलिगेसनबाट जोगाउने । त्यसैले ब्रेन्टफोर्डलाई लिगमा बलियो सुरुआत आवश्यक छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |