← समाचारमा फर्कनुस्
Football Nov 08, 2025 · Swadesh

ब्रेमन अन्तिम समयमा विजयी

ब्रेमन अन्तिम समयमा विजयी

स्यामुएल एमबान्गलाले दोस्रो हाफको इन्ज्युरीको चौथो मिनेटमा गोल गरेपछि वेडर ब्रेमनले जर्मन बुंडेसलिगामा शनिबार राति उल्भ्सबर्गलाई २–१ ले पराजित गरेको छ । खेलमा एक गोलले पछाडि रहेको स्थितिबाट ब्रेमन विजयी रहेको हो ।

वेसरस्टाडिनमा भएको खेलमा उल्भ्सबर्गले २८ औं मिनेटमा म्याथिस स्भाबर्गको गोलले अग्रता लिएको थियो । खेलले ८३ मिनेट छुँदा जेन्स स्टागले बराबरी गोल फर्काए । त्यसपछि एमबान्गलाले निर्णायक गोल गरेका हुन् ।

यो जितपछि ब्रेमन १० खेलबाट १५ अंकमा सातौं स्थानमा रह्यो । उल्भ्सबर्ग भने दसै खेलबाट आठ अंकमा १२ औं स्थानमा कायम रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →