ब्राजिलको पोस्टमा अर्जेन्टिनाको चार गोल

काठमाडौं। अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।
फिफा विश्वकप २०२६ मा छनोट भइसकेको अर्जेन्टिना मोनुमेन्टल डे नुनेज स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा ब्राजिललाई ४–१ ले पराजित गरेको हो। अर्जेन्टिनाले यो सन् १९५९ पछि ब्राजिलमाथि निकालेको सबैभन्दा ठूलो जित हो।
यसअघि भएको ‘अवे’ मा पनि अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो। यसपल्ट अर्जेन्टिनालाई घरेलु मैदानमा सानदार जित दिलाउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जियुलियानो सिमोनले समान एक गोल गरे। ब्राजिलका म्याथ्युज कुन्हाले गरेको गोल सान्त्वना मात्रै रह्यो।
खेलको चौथो मिनेटमै ब्राजिलको डिफेन्सको ठूलो गल्तीको फाइदा अर्जेन्टिनाले उठायो। थियागो आल्माडालाई मिलाइदिएको बललाई अल्भारेजले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे।
त्यसको आठ मिनेटपछि नै नाहुएल मोलीनाको उत्कृष्ट पासलाई एन्जोले तीन यार्डको दूरीबाट गोलमा परिणत गरे।
टोटनह्याका डिफेन्डर क्रिस्टियन रोमेरोको ठूलो गल्तीका कारण कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ मा ल्याइपुर्याएका थिए। तर, त्यसपछि ब्राजिल खेलमा फर्किन सकेन र थप दुई गोल खान पुग्यो।
कर्नरबाट आएको बललाई एन्जोले चिप गर्दै एलिस्टरलाई पास दिएका थिए। उनले उक्त बललाई ३७औं मिनेटमा सहजै जाली चुमाउँदै अग्रता पुनस् दुईमा पुर्याए।
७१औं मिनेटमा निकोलस टाग्लियाफिकोले सिक्स यार्ड बक्सको माथिल्लो भागतिरबाट दिएको कटब्याक सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को सानदार जित दिलाए।
यो नतिजासँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्याएको छ। अर्जेन्टिया यो खेल अगाबै विश्वकपमा छनोट भइसकेको थियो। समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |