← समाचारमा फर्कनुस्
ब्राजिल बराबरीमा रोकियो

काठमाडौं । ब्राजिल फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ।
मोनुमेन्टल डी माटुरिन रंगशालामा शुक्रबार घरेलु टोली भेने भेनेजुएलासँग ब्राजिल १–१ को बराबरीमा रोकिएको हो।
ब्राजिलका लागि राफिन्हा र भेनेजुएलाका लागि टेलेस्को सेगोभियाले गोल गरे।
खेलको४३औं मिनेटमा राफिन्हालले गोल गर्दै पाहुना टोली ब्राजिलले अग्रता दिलाएका थियो। ४६औं मिनेटमा सेगोभियाले भेनेजुएललाई बराबरीमा ल्याए।
भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा ब्राजिलले ६२औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो। अन्तिम समयमा एलेक्सजेन्डर गोन्जालेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो।
यो बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल तेस्रो स्थानमा छ। यता, भेनेजुएला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |