← समाचारमा फर्कनुस्
ब्राजिल विजयी सुरुआत लिन असफल

ब्राजिलले विश्वकप २०२६ को समूह सी को आफ्नो पहिलो खेलमा आइतबार मोरक्कोसँग १–१ को बराबरी खेलेको छ । कीर्तिमानी पाँच पल्टको विश्वकप विजेता ब्राजिल विजयी सुरुआत लिन असफल रहेको हो ।
न्युयार्क न्युजर्सि स्टेडियममा भएको खेलमा मोरक्कोले ब्राजिलसामु बलियो चुनौती पेस गरेको थियो । यसै क्रममा इस्माइल साइबरीको गोलमा खेलको २१ औं मिनेटमा मोरक्को सुरुआती अग्रता लिन सफल रहेको थियो ।
तर मोरक्कोले त्यसलाई कायम राख्न सकेन् र ब्राजिल ३२ औं मिनेटमा खेलमा फर्किन सफल रह्यो । उसका लागि भिनिसिय जुयिनरले बराबरी गोल फर्काए । पछिल्लो विश्वकपमा मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेर सनसनी मच्चाएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women