बर्नमाउथ: पछिल्लो सफलता दोहराउन गाह्रो

(इंग्लिस प्रिमियर लिगको अबको सिजनबारे चर्चा गर्दा अब पालो बर्नमाउथको । हामी अबको सिजन विश्व फुटबलको सबैभन्दा लोकप्रिय लिगमा प्रत्येक टिमको प्रदर्शन कस्तो हुन सक्छ भनेर छोटकरीमा विश्लेषण गर्दैछौं ।)
बर्नमाउथका लागि पछिल्लो सिजन असाध्यै उत्कृष्ट रह्यो, कम्तीमा क्लबको इतिहासलाई टिकेर भन्ने हो भने । पूरा सिजन डार्क हर्सका रूपमा रहेको बर्नमाउथले ठूला भनिने क्लबलाई लगातार दुःख दिइरह्यो । क्लब ५६ अंक कमाएर नवौं स्थानमा रह्यो । यो नै क्लबको इतिहासमा इंग्लिस माथिल्लो डिभिजनमा बर्नमाउथको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन हो ।
एक समय बर्नमाउथले अबको सिजन युरोपमा खेल्ने चर्चा पनि चलिरहेको थियो । तर अन्त्यमा त्यस्तो चाहिँ भएन् । तर बर्नमाउथको प्रिमियर लिग यात्रा आफैमा सुखद रह्यो । तर यस्तै सफलता अबको सिजन २०२५–२०२६ मा दोहराउन गाह्रो छ र यसको कारण पनि स्प्ष्ट छ । पछिल्लो सिजन खेलेका डिफेन्सका तीन प्रमुख खेलाडीलाई बर्नमाउथले बेचेको छ र हुन सक्छ, क्लबको प्रदर्शनमा ठूलै धक्का दिन सक्नेछ ।
जस्तो, हुइजसेन रियल म्याड्रिड, मिलोस केरकेज लिभरपुल, केपा एरिजाबालागा आर्सनल गएका छन् । त्यति मात्र होइन्, पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इलियआ जाबारनयीमाथि आँखा लगाइरहेको छ । यति भन्दा भन्दै पनि बर्नमाउथले केही खेलाडीलाई अनुबन्ध नगरेको पनि होइन् । केही पुराना खेलाडी कायम छन् । प्रशिक्षक एनडोनी इराओलाले केही नयाँ देखिने टिमलाई कसरी अगाडि बढाउने हो, त्यो हेर्न लायक रहनेछ ।
इराओला स्पेनी प्रशिक्षक हुन् र उनको सन् २०२३ देखि बर्नमाउथमा छन् । उनको रणनीति हो, सक्दो बल आफ्नो नियन्त्रणमा राख्ने । बर्नमाउथको उद्देश्य लिगको शीर्ष आधा भागमा रहनु नै हुनेछ र सम्भवतः यो काम उसले गर्ने पनि छ । क्लबका अहिलेका मालिक हुन्, धनाद्य बिली फोली । उनले क्लबलाई भौतिक पूर्वाधारमा बलियो बनाउन पर्याप्त खर्च गरेका छन्, यसले क्लबलाई फाइदा नै पुग्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |