← समाचारमा फर्कनुस्
Football Mar 17, 2025 · Swadesh

वीरगञ्जको पहिलो जित

वीरगञ्जको पहिलो जित

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेड क्लबले पहिलो जित दर्ता गरेकाे छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल वीरगञ्जले श्रीकुमारी क्लबलाई २–० ले पराजित गरेको हो।

वीरगञ्जकाे जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतोले गोल गरे।

खेलको १२औं मिनेटमै विपिनले वीरगञ्जलाई सुरुआती अग्रता दिलाए। त्यसपछि वीरगञ्जले केही अवसर बुने पनि गोलमा परिणत गर्न सकेको थिएन। 

यद्यपि, निर्धारित समय सकिन केही सेकेन्डअघि कृपाकान्तले गोल गर्दै २–० को सहज जित दिलाए।

यो नतिजासँगै वीरगञ्जले दुई खेलबाट चार अंक पुर्‍याएको छ। श्रीकुमारी भने जितविहीन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →