← समाचारमा फर्कनुस्
Football Aug 22, 2025 · Swadesh

भुटानविरुद्ध नेपालको पुनरागमन जित

भुटानविरुद्ध नेपालको पुनरागमन जित

काठमाडौं भुटानमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नाे दाेस्राे खेलमा नेपालले पुनरागमन जित हासिल गरेकाे छ।


शुक्रबार सम्पन्न खेलमा नेपालले २–१ को जित हात सहिल गरेको हो। नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो। तर, ५८औं मिनेटमा साहरा लिम्बूले नेपाललाई खेलमा फर्काइन्।


भुटानी डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसक्दा उनले पेनाल्टी बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै बलललाई जाली चुमाइन्। त्यसपछि ७७औं मिनेटमा साहराले नै नेपाललाई २–१ को अग्रता दिलाइन्। भुटानी डिफेन्डरबीच तालमेल मिल्न नसक्दा प्राप्त बललाई साहराले पहिलो झैं गोल गरिन्। 


यो जितसँगै नेपालले तीन अंक जोडेको छ। पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →