← समाचारमा फर्कनुस्
माल्दिभ्सविरुद्ध भुटान १३–० ले विजयी

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बीको खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३–० को फराकिलो जित हासिल गरेको छ।
जित सँगै भुटान लगातार दोस्रो पटक साफको सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफमा ६–० को अग्रता बनाएको भुटानदे दोस्रो हाफमा थप ७ गोल गर्न सफल भयो।
भुटानका लागि डेकी ल्हाजोमले ५ गोल गरिन्। पेमा छोदेन र डेकी याङदोनले २–२ गोल, नाम्ग्याल डेमा, छिरिङ ल्हादेन, र सोनाम छोदेनले १–१ गोल गरे।
यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा पुगेको छ, जसको गोल अन्तर ं१६ रहेको छ।
नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छन्। समूह विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले पराजित गर्नु पर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |