भद्रपुर ब्लेजर भद्रपुर गोल्डकपको क्वाटरफाइनलमा

भद्रपुर झापा गोल्ड कप फुटबलमा घरेलु टोली भद्रपुर ब्लेजर विजयी भएको छ। बुधबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ पुलिसमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै भद्रपुर ब्लेज क्वाटरफाइनलमा प्रवेश गरेको हो।
भ्रदपुरले सुरुआती ३ गोलको अग्रता मुस्किलले जोगाउँदै अघिल्लो यात्रा तय गर्न सफल भयो। खेल सुरु भएको तेस्रो मिनेटमै साम कार्लोसले गोल गर्दै भद्रपुरलाई अग्रता दिलाएका थिए। खराब प्रकाशका कारण निर्धारित ८० मिनेटको खेलको ३९औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि घरेलु टोलीको अग्रता दोब्बर भएको थियो।
दोस्रो हाफको दोस्रो मिनेटमै सत्यम शर्माले गोल गरेपछि भद्रपुरको अग्रता तेब्बर भएको थियो। ३ गोलले पछि परेको दार्जिलिङले लगातार गोल फर्काउँदै खेल बराबरी गरेपछि रोमाञ्चक बन्न पुग्यो। ५१औं मिनेटमा प्रशान्त राईले गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काउने संकेत गरेका थिए। ५६औं मिनेटमा नयन प्रधानको गोलले दार्जिलिङले दूरी ३–२ मा झारेको थियो भने ७०औं मिनेटमा रुड गुलिटले गोल गरेपछि दार्जिलिङ ३–३ को अवस्थामा आयो।
तर, त्यो बराबरी दार्जिलिङले २ मिनेट पनि टिकाउन सकेन। ७२औं मिनेटमा भद्रपुरका प्रताप राईले गोल गर्दै ४–३ को जित पक्का गरे। भद्रपुरले सेमिफाइनल प्रवेशका लागि अब बाइ पाएर बसेको विभागिय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |