TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 20, 2026 · Swadesh

बायर्नलाई कीर्तिमान ३५ औं बुंडेसलिगा उपाधि

बायर्नलाई कीर्तिमान ३५ औं बुंडेसलिगा उपाधि

बायर्न म्युनिकले आइतबार स्टुटगार्टलाई ४–२ ले पराजित गर्दै जर्मन बुंडेसलिगा जितेको छ । यो बायर्नले जितेको कीर्तिमान ३५ औं जर्मन लिग उपाधि हो । ह्यारी केनले सिजनको ३२ औं लिग गोल गरेपछि बायर्नको सजिलो जित सम्भव भएको हो ।


उसका लागि राफेल गुरेरो, निकोलस ज्याक्सन र एल्फोन्सो डाभिसले पनि गोल गरे । स्टुटगार्टले सुरुमै अग्रता लिए बायर्नलाई खेल जित्न गाह्रो भएन् । यसअघि शनिबारको खेलमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड होफनहायनसँग पराजित भएपछि बायर्नलाई उपाधि जित्ने अवसर बनेको हो ।


स्टुटगार्टविरुद्ध बराबरी पनि बायर्नका लागि लिग जित्न पर्याप्त बनेको थियो । लिगमा ३० औं चरणको खेल सकिंदा बायर्नको ७९ अंक भएको छ र यो डर्टमुन्डमाथि १५ अंकको निर्णायक अग्रता हो । अब डर्टमुन्डले बायर्नलाई उछिन्न सक्ने छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →