← समाचारमा फर्कनुस्
Football Sep 22, 2024 · Swadesh

बुन्डेसलिगामा बायर्नको अपराजित यात्रा कायमै

बुन्डेसलिगामा बायर्नको अपराजित यात्रा कायमै

काठमाडौं । बार्यन म्युनिखको जर्मन बुन्डेससलगामा अपराजित यात्रा कायमै रहेको छ। 

ब्रेमेनको घरेलु मैदानमा शनिबार भएको खेलमा बायर्नले विडर ब्रेमेनलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो। 

बायर्नको जितमा माइकल ओलिसले दुई तथा सर्ज नेर्भि, ह्यारी केन र जमाल मुसियालाले समान एक गोल गरे। 

जितसँगै जारी सिजन बायर्ने चार खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। पराजित ब्रेमेन समान खेलबाट पाँच अंकसहित दशौं स्थानमा छ। 

ओलिसिले २३औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। मुसियालाले ३२औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाउदा ५७औं मिनेटमा ह्यारी केनले बायर्नलाई ३(० मा पुर्याए। ओलिसिले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ६५औं मिनेटमा नेर्भिले गोल गर्दै बायर्नलाई जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →