← समाचारमा फर्कनुस्
बायर्नको शतप्रतिशत सुरुआत कायम

जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले शनिबार आफ्नो शतफ्रतिशत सुरुआतलाई कायम राख्ने क्रममा बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको छ । बायर्नको सात खेलबाट अधित्तम २१ अंक भएको छ ।
यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगमाथि पाँच अंकको अग्रता हो । बायर्नको जितमा ह्यारी केन र मिचेल ओलिसले एक एक गोल गरे । लयमा रहेका इंग्लिस कप्तान केनले २२ औं मिनेटमा गोलको खाता खोले ।
उनले यो सिजन ११ खेल खेलेकोमा गरेको गोल संख्या ११ पुगेको छ । डर्टमुन्डका तर्फबाट जुलियन ब्रान्ड्टले एक गोल फर्काए । हारपछि डर्टमुन्ड १४ अंकमा चौथो स्थानमै कायम रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |